About Us

नेपालको संविधानमा व्यवस्था भए वमोजिम २०७४ मार्ग महिनामा सम्पन्न प्रदेश सभाको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको स्थापना भएको हो । २०७४ फागुन ४ गते प्रदेश नं. ४ को प्रदेश सरकार गठन हुँदा तत्कालिन मुख्य मन्त्री श्री पृथ्वी सुब्वा गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत लिनु भएको थियो । मिति २०७४ चैत १२ गते भएको मन्त्रिपरिषद्को विस्तारवाट माननीय श्री किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रालयको पहिलो विभागीय मन्त्रीका रूपमा पदभार ग्रहण गर्नु भएको थियो ।  मिति २०७८ जेठ ५ बाट प्रदेश सरकारको राजपत्रमा सूचना प्रकाशन भई "आर्थिक मामिला तथा योजना मन्त्रालय" को नाम परिवर्तन गरी "अर्थ मन्त्रालय" राखिएको हो।

प्रदेशको समष्टिगत आर्थिक अवस्थाको विश्लेषण तथा नीतिको तर्जुमा, कार्यान्वन र नियमन गर्ने कार्य अर्थ मन्त्रालयमा रहेको छ । प्रदेशस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा क्षेत्रगत योजना र वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन लगायतका आर्थिक एवं योजना क्षेत्रका नीति तथा कानुनको तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।  यस मन्त्रालयको विस्तृत कार्यजिम्मेवारी डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।