पदाधिकारी विवरण

  • Kiran Gurung

  • जन्म मितिः २०१७ चैत्र २३

    पिताः स्व.तुलाराम गुरुङ

    माताः बालकुमारी गुरुङ

    श्रीमतीः कृष्णकुमारी श्रेष्ठ

    जन्म स्थानः भिमाद नपा ९ (सविक भानुमती गाविस–२) सखेप, तनहूँ

    अध्ययनः आई.एस.सी. (त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस, पोखरा)

    संगठनमा पुरा गरेको जिम्मेवारीः वि.सं. २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनदेखि निरन्तररूपमा केन्द्रीय कमिटीको सदस्य तथा हाल स्थायी कमिटीको सदस्य एवं प्रदेश नम्बर ४ को संयोजक

    सरकार / सदनमा सहभागिताः वन तथा भू–संरक्षण मन्त्री (वि.सं.२०६५), प्रतिनिधिसभा सदस्य (तनहूँ क्षेत्र नं. ३ (२०४८) बाट निर्वाचित, संविधानसभा सदस्य तनहूँ क्षेत्र नं. ३ (२०६४) बाट निर्वाचित, प्रदेश सभा तनहूँ क्षेत्र नम्बर २ (ख) बाट २०७४ सालमा सदस्य निर्वाचित ।

     

    राजनीतिमा प्रवेशः वि.सं २०३५ सालदेखि राजनीतिमा प्रवेश । वि.सं.२०३६ सालदेखि २०४७ सम्म भूमिगत पेशेवर कार्यकर्ताको रूपमा गण्डकी र धौलागिरी अञ्चलमा कार्यरत । अर्थात तत्कालीन नेकपा (माले ) को भूमिगत कार्यकर्ता ।

    भुमिगत नामः कमरेड सुमन

    वि.सं २०३६ सालमा तत्कालिन नेकपा (माले) को सबैभन्दा तल्लो युनिट रेडगार्ड स्कवायडमा संगठित । पृथ्वीनारायण क्याम्पसलाई आधार मानी बनाईएको यो भूमिगत संगठन तत्कालिन माले पार्टीको कास्की जिल्लाको पहिलो संगठन थियो । त्यसै दिनदेखि भूमिगत नामको समेत न्वारण भयो क.सुमन । भूमिगत कालभरि यही नामले परिचित । २०३६ सालको अन्त्यतिर पेशेवर कार्यकर्ताको रूपमा जनमत संग्रह बहिष्कार अभियानमा सहभागी । जनमत संग्रहको निर्वाचन पश्चात क. बामदेव गौतमको निर्देशनमा “बुर्जुवा पढाई र डिग्रीको बहिष्कार” गर्दै भूमिगत । २०४६÷०४७ को ऐतिहासिक जनआन्दोलनले बहुदलीय व्यवस्था स्थापना नगरूञ्जेल निरन्तर भूमिगत र त्यस अवधिमा कास्की, स्याङजा, बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतको पार्टी प्रमुख (सचिव) भई कार्यरत ।

    २०३६ सालको अन्त्यतिर उम्मेदवार पार्टी सदस्य र २०३७ सालमा पूर्ण पार्टी सदस्यता प्राप्त । २०३९ सालमा पश्चिमोत्तर क्षेत्रीय कमिटीको सदस्य २०४८ सालको प्रतिनीधिसभा निर्वाचनमा तनहूँ क्षेत्र नंं. ३ बाट निर्वाचित । २०४९ सालमा भएको नेकपा (एमाले) को पाँचौं महाधिवेशनबाट निरन्तर केन्द्रीय कमिटीको सदस्य । अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष र महासचिव भई जिम्मेवारी समेत बहन वि.सं.२०५४ को पार्टी विभाजनमा नेकपा (माले) मा विभाजित । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा तनहूँ क्षेत्र नं. ३ बाट निर्वाचित । त्यसै अवधिमा माओवादी–एमालेको संयुक्त सरकारमा वन तथा भू–संरक्षण मन्त्री भई करिव ७ महिना काम गर्ने अवसर प्राप्त भएको  नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित, केन्द्रीय सदस्यमा निर्वाचित, हाल स्थायी कमिटी सदस्य, जिम्मेवारीः स्थानिय विकास विभाग प्रमुख तथा प्रदेश नम्बर ४ को संयोजक

    विदेश भ्रमणः भारत, चिन, अमेरिका, बेलायत, हङकङ, फिलिपिन्स, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, इटली, स्पेन, पोर्चुगल, जर्मनी, स्वीजरल्याण्ड, डेनमार्क, लक्जेमवर्ग, स्वीडेन आदि ।

    द्वन्द्वात्मक भौतिकवादः दृष्टिकोण । माक्र्सवाद ; सिद्धान्त । सुख, शान्ति, उन्नती–प्रगति, सामाजिक न्याय र समानता सहितको समृद्ध समाजः आदर्श समाज । सादा जीवन, उच्च विचार ; आदर्श जीवन । गौतम बुद्ध र कार्ल माक्र्स ; आदर्श व्यक्तित्व ।